नेपाल बंगलादेश बैंकका सिइओ ढुंगानाको कार्यकाल चार वर्षलाई थप
काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाको कार्यकाल चारवर्षको लागि थप भएको छ ।
बैंक संचालक समितिले चारवर्षको लागि ढुंगानाको कार्यकाल थप गरेको हो । चार्टर्ड एकाउन्टेन्स रहेका ढुंगाना विगत चारवर्षदेखि एनबी बैंकमा कार्यरत छन् ।