म्याक क्वँका होम एप्लायन्स नेपाली बजारमा



काठमाडौँ । भारतको होम एप्लाएन्स म्याक क्वँले नेपालमा व्यापार सुरु गरेको छ । शुभानी इन्टरप्राइजले म्याक क्वँको होम एप्लाएन्स नेपाली बजारमा भित्राएको हो ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच म्याक क्वँका होम एप्लाएन्स नेपालमा सार्वजनिक गरिएको छ ।

एप्लाएन्सका मिक्सर ग्राइन्डर, फुड प्रोसेसर, जुसर मिक्सर ग्राइन्डर, इन्डक्सन, एयर कुलर, टावर फ्यान, ग्याँस स्टोभ, इमर्जेनिस लाइटलगायतका उत्पादन छन् ।

मिक्सरमा जोय, इन्स्पाएर , डिलाइट , प्यासन , प्राइड र तोप गरी ६ मोडलका छन् । त्यस्तै, जुसर मिक्सर ग्राइण्डरमा ब्लिस र कम्फर्ट रहेका छन् । साथै ब्लेज , जिटी फो लगाएत ५ ओटा मोडेलका ग्यास चुलो रहेका छन् ।


पुष्प दुलाल