विमानस्थलबाट भइरहेको सुन तस्करी कसरी रोक्ने ? यस्ता छन् छानबिन समितिले दिएका १६ सुझाव
काठमाडौं । अवैधरुपमा त्रिभुवन विमानस्थलबाट भइरहेको सुन तस्करीको विषयमा विमानस्थल भन्सार कार्यालयबाट गठित छानबिन समितिले सुधार गर्नुपर्ने १६ सुझावहरु दिएको छ ।
मंसिर २१ गते मध्यारति दुबईबाट आएको विमानका यात्रु चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । ठूलो परिणाममा सुन तस्करी भएपछि प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । फ्लाइ दुबईबाट काठमाडौं आएका गोर्खाका चन्द्र घलेका साथबाट १४ किलो सुन बरामद भएपछि उनलाई सुन ल्याउन लगाउने गोरखाकै मिनबहादुर घले पक्राउ परे ।
छानबिन समितिले तयार गरेको प्रतिवेदनमा उल्लेख भए अनुसार विदेशबाट तस्करी भइ आएको सुन विमानस्थलमा कार्यरत कर्मचारीहरुको ‘सेटिङ’मा बाहिरिने गरेको पाइएको छ ।
सो समितिले विमानस्थलबाट भइरहेको सुन तस्करीको विषयमा विभिन्न पक्षहरुमा सुधार गर्नुपर्ने सुझावहरु दिएको छ । समितिले विमानस्थलको पूर्व तर्फ गोठाटार खहरे नजिकैको नेपाली सेनाको इमोडि (एक्स्पोसिभ ओडिनेन्स डिस्पोजन) युनिटको गेटको तर्फ एउटा भ्यान राख्नुपर्ने र सुरक्षा दिनुपर्ने जनाएको छ । सो गेटमा फायर स्टेसनमा काम गर्ने कर्मचारीले आफ्नो व्यक्तिगत सवारी साधनको प्रयोग गर्ने तथा सेक्युरिटि चेकपोइन्टभन्दा भित्र लगि आफ्नो एयर साइडमा रहेको कार्याल्य परिसरमा राख्ने गरेको देखिएकाले सवारी साधनको खानतलासी म्यानुअल रुपमा गरेर एयरपोर्ट एयरसाइड पत्रको आधारमा नीजि सवारीलाई भित्र छिर्न दिनु सुरक्षाको हिसाबले उपयुक्त नरहेको समितिले जनाएको छ ।
त्यस्तै, सिनामंगल ओरालोको छेउमा विमानस्थलको क्षेत्रभित्र रहेको प्रहरी ब्यारेकको इन्ट्रान्सबाहिर चक्रपथतर्फ खोली क्यारेकको पछाडिको भागमा तारजारी गरि बाहिरबाटै बिमानस्थलको ड्युटी आवतजावत बनाउनुपर्ने देखिएको पनि समितिले जनाएको छ ।
भिआईपी क्षेत्रको दुरुपयोग गर्ने गरेकाले यस प्रकारको सुरक्षा जोखिम बढ्ने भएकाले भिआईपी लाउन्जमा आउने तथा जाने मान्छेहरुलाई गेट बाहिरै प्रतिक्षा गर्ने व्यवस्था मिलाउने तथा भन्सारमा रहेको एक्सरे मेसिनमा तालिम प्राप्त दक्ष्य जनशक्ति मात्र खठाउने तथा तालिम नलिएकालाई तत्काल तालिमको व्यवस्था दिलाउन पनि समितिले सुझाव दिएको छ ।
यस्ता छन् समितिले दिएका १६ सुझाव
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, गौचर काठमाण्डौको आगमन र प्रस्थान बाहेकका अन्य एयरपोर्ट पास वाहक व्यक्ति/कर्मचारी/सेवादाताहरु International तथा Domestic Terminal Building लगाएत Airside मा प्रवेश गर्दा आगमन/प्रस्थानकोEntry/Exit Point बाहेक निम्न प्रवेश तथा निकाशका स्थानहरुमा सुधार गर्नुपर्ने देखियो-
१. विमानस्थलको पुर्व तर्फ गोठाटार खहरे नजिकैको नेपाली सेनाको EOD (Explosive Ordinance Disposal) Unit को गेट
यो गेटको भित्र गईसकेपछि त्रि.अ.वि.सुरक्षा कार्यालयबाट खटिएको नेपाल प्रहरीको सुरक्षा चेकिङ्गमा एक्स-रे स्क्यानर तथा Walkthrough Metal Detector को प्रयोग गरी आवागमन हुने कर्मचारी विशेष गरी Fire Station तथा Helicopter service staff हरुको ह्यान्डब्याज, तथा कार्यालयको नियमित प्रयोगमा आउने मालबस्तु स्क्यान गर्ने गरेको देखिन्छ भने निजहरु मध्ये Fire Station मा काम गर्ने कर्मचारीहरुले आफ्नो ब्यक्तिगत सवारी साधनहरु मोटरसाईकल, स्कुटर तथा कार समेत उक्त Security Checkpoint भन्दा भित्र लगि आफ्नो Airside area मा रहेको कार्यालय परिसरमा लगीराख्ने गरेको देखिन्छ। सवारी साधनको खानतलासी Manually गरेर मात्र Airport Airsideमा पत्र पासको आधारमा Private Vehicle लाई Entry दिइनु सुरक्षाको हिशावले उपयुक्त देखिएन। यसैगरी सुन तस्करीमा उक्त सुविधाको दुरुपयोग गरी उक्त सवारीसाधनमा लुकाएर सुरक्षाबिन्दु छल्न सक्ने समेत सम्भावना स्पष्ट देखिएको हुँदा अग्नी नियण्त्रण कार्यालयले आफ्ना कर्मचारीहरुलाई ल्याउन-लैजान भित्रमात्र संचालन गर्ने गरी एउटा भ्यान राख्नपर्ने देखिन्छ।
२. नेपाल आयल निगम, त्रि.अ.वि. गौचरको सिनामंगल चोकस्थित गेट
यो गेटमा नेपाल प्रहरीको महिला तथा पुरुष कर्मचारी सुरक्षा तलासी लिन २४ सै घन्टा खटिएको देखिन्छ तर एयरपोर्ट स्थित आयल निगममा कार्यरत कर्मचारीहरु तथा नेपाल प्रहरीको ब्यारेकका कर्मचारीहरु समेतउक्त गेट हुदै ब्यक्तिगत सवारीसाधन समेत लिई प्रवेश गर्नुपर्ने देखिन्छ। उक्त सुरक्षा चेक प्वाइन्टमा एक्स-रे स्कानर र Walk Through Metal Detector तत्काल राख्नु पर्ने, आयल निगममा जाने कर्मचारीहरुको सवारी साधन पार्कीङ्ग गरेपश्चात् सुरक्षा जाँच गराई भित्र प्रवेश गर्ने र निस्कने क्रममा सुरक्षा जाँच पछि मात्र आफ्नो सवारी साधनसम्म जाने व्यवस्था मिलाउनु पर्ने देखिन्छ।सिनामंगल ओरालोको छेउँमा विमानस्थलको पेरिमिटर भित्र रहेको प्रहरी व्यारेकको Entrance बाहिर चक्रपथ तर्फ खोली व्यारेकको पछाडी तर्फको भागमा Fencing गरी बाहिरबाटै विमानस्थलको ड्युटी आवतजावत गर्ने बनाउनु पर्ने देखिन्छ।
३. अन्तर्राष्ट्रिय रन वे को १ नं. वे को छेउँ हुदै आयल निगमको कार्यालय क्षेत्र हुँदै हिमालय एयरलाइन्सको कार्यालय तथा अन्य कार्यालयमा जाने सवारी साधनहरुको आवत जावत बन्द गर्नु पर्ने देखिन्छ। उक्त Route बाट विमानमा ईन्धन भर्ने ट्याङ्करर कार्गो बाहेक अन्य सवारी साधनलाई आवत जावतको अनुमति दिईनु सुरक्षाको दृष्टिकोंणले समेत चुनौतिपूर्ण रहेको छ।
४. कार्गोबाट परिचालन हुने ट्याक्टर तथा ट्रलीहरुको लागि हालसालै विकशित नयाँ रुटबाट आवागमन गराउँदा समेत आयलनिगमको कार्यालय नजिकको पार्कीङ इलाकाहुँदै जाँदा उक्त कार्गो बोकेको सवारीसाधनलाई Contactless Way(अन्य सवारी साधनसंग संपर्क नहुने गरी) सुनिश्चित गरिनु पर्ने देखिन्छ।
५. Airside Response Vehicle र Follow Me लगाएतका सवारी साधनहरु विशेष कारण बाहेक Airside बाहिरको ग्यारेजमा राख्ने गरेको समेत देखिंदा उक्त सवारी साधनहरुलाई भित्रनै राख्ने व्यवस्था मिलाउनु पर्ने।
६. फलामे गेटबाट Entry /Exit गर्दा अन्तरराष्ट्रिय टर्मिनल तर्फ जाने र रन वे मा जाने सवारी साधनहरु, ग्राउन्ड ह्यान्डलिङ इक्वीपमेन्टहरुसमेत लाई Vehicle Scanner राखी चेकजाँच गर्ने व्यवस्था मिलाउनु पर्ने देखिन्छ।
७. विदेशवाट अबतरण भएका जहाजहरुको निरीक्षणका लागि जाने ईन्जिनियरहरुको टिमले जहाजको नजिकै लगि आफ्नो सवारी साधन लैजाने गरेकोमा निजहरुले आफ्नो टुलबक्स लगाएतका औजार विमानमा लैजानु अघि अनिवार्य सुरक्षा चेक गराई लैजाने र फर्किने व्यवस्था मिलाउनुपर्ने देखिन्छ।
८. त्रि.अ.वि.को आगमन तर्फको शौचालयको अपाङ्गमैत्री क्याविनको भित्रपट्टी रहेको ढोकामा ताला समेत लगाई गोप्य रुपमा राख्न मिल्ने संरचना रहेको, यस्ता संरचनाहरु तस्करीको सुन ल्याई लुकाउने गरेको देखिएकोले त्यस्ता छिद्रहरु तत्काल सुधार गर्नुपर्ने देखिन्छ।
९. International Arrival को VIP कक्षमा VIP आगमन हुँदा उक्त भि.आई.पी. कक्षमा प्रवेश गर्नु अघि उक्त बिन्दुमा रहेको एक्स रे स्कानरबाट VIP को हाते झोला स्क्यानिङ गरी पास गर्ने गरेको देखिन्छ तर अन्य समयमा भि.आई.पी. कक्ष बन्द रहने गरेकोमा भि.आई.पी. कक्ष खोल्ने ब्यक्ति समेतले Arrival Toilet बाट सुन लिई उक्त भि.आई.पी. कक्ष हुँदै सुन लैजाने गरेको घटनाबाट पुष्टि हुन आएकोले उक्त विन्दुमा मेटल फ्री गराउने, स्क्यानिङ्ग गर्ने समेतको काम त्रि.अ.वि.भन्सार कार्यालयले र विमानस्थल सुरक्षा प्रहरीले २४ सै घन्टा ड्युटी रहने गरी संयुक्त सुरक्षा व्यवस्था मिलाउनु पर्ने देखिन्छ।
१०. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमनका संरचनाहरुमा सुरक्षा संबेदनशिलताको दृष्टिकोंणबाट विभिन्न छिद्रहरु (Loop Holes)रहेकोले त्यस्था छिद्रहरु बन्द गरी संबन्धित स्थानमा रहेका ढोका, आपतकालिन प्रवेशद्वार लगाएतका स्थान CCTV को निग्रानीमा राख्ने व्यवस्था मिलाउने।
११. सेवा प्रदायकहरु जस्तै चमेना गृह, मुद्रा सटही काउन्टर, CIP Lounge लगाएतका कर्मचारीहरुको विमानस्थल पास ड्युटी नभएको अवस्थामा TIA ले निग्रानीमा राख्ने व्यवस्था मिलाउनुका साथै ड्यूटी नभएको समयमा पास निस्क्रिय गर्ने ।
१२. प्रस्थान तर्फको Sterilized Waiting Hall मा असम्बन्धित पासबाहक कर्मचारी प्रवेशलाई रोक्न पास वितरण गर्दा तथा संरचनागत रुपले समेत सेवा प्रवाह गर्दा बैकल्पिक बाटोको समेत व्यवस्था मिलाउने ।
१३. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको Ramp Area मा रहेका सरसफाई कर्मचारीहरुको झोला टिफिन लगाएतका सामानहरु राख्ने Shelter, Shade and Container मा लकर समेत रहेको देखिएकोले त्यस्तासंरचनाहरुलाई तत्कालै त्यहाँबाट हटाई सुरक्षा जाँच विन्दु भन्दा वाहिर राख्नु पर्ने ।
१४. VIP Area को दुरुपयोग (एकजना VIP लाई See off/Receive गर्न आवश्यकता भन्दा धेरै मानिसहरु सोही बाटो हुँदै आउने/जाने गरेको) गर्ने गरेको जसले यस प्रकारको कार्यमा सुरक्षा जोखिम बढ्ने गरेकोले VIP लाई See off/Receive गर्न आउने व्यक्तिहरुलाई VIP Lounge को मुल गेट बाहिरै प्रतिक्षा गर्ने व्यवस्था मिलाउने ।
१५. भन्सार क्षेत्रमा रहेका X-Ray Machine हरुमा तालिम प्राप्त दक्ष जनशक्ति मात्र खटाउने साथै तालिम प्राप्त नगरेकालाई यथाशिघ्र तालिमको व्यवस्था मिलाउने ।
१६. अन्तर्राष्ट्रिय आगमन तर्फको अध्यागमन, VIP/CIP Lounge लगायतका क्षेत्रमस कम्तिमा ३ जना भन्सारका कर्मचारीहरुलाई उक्त एरियाहरुको निग्रानी गर्नको लागि सादा पोशाकमा ड्यूटी खटाउने ।