वर्षापछिको बाढीले काठमाडौंमा चालकसहित ट्याक्सी बगायो



काठमाडौं । अबिरल वर्षपछिको बाढीले काठमाडौंमा एउटा ट्याक्सी बगाएको छ। आइतबार बेलुका परेको भीषण वर्षाले काठमाडौंको अनामनगरस्थित धोवी खोलाले चालकसहितको ट्याक्सी बगाएको हो ।

मदन भण्डारी कलेज छेउबाट ट्याक्सीलाई बगाएको हो । ट्याक्सीभित्र चालकमात्रै थिए । भाटभटेनी नजिकैबाट प्रहरीले ट्याक्सी चालकको उद्धार गरेको छ ।

ट्याक्सी भने बगेर रोज बड स्कुल नजिकै थापाथली-बानेश्वर जोड्ने पुलमुनि भेटिएको छ । ट्याक्सीलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु