नक्कली ऋणी बनाएर लिएको १ करोड ९० लाख ऋणबाट रवि लामिछानेलाई कमिशन



काठमाडौं । नक्कली ऋणी बनाएर लिएको १ करोड ९० लाख ऋणबाट गोरखा मिडियाका प्रवन्ध निर्देशक रवि लामिछानेलाई नै ७ लाख दिएको सहकारी छानविन समितिको प्रतिवदेनले औंल्याएको छ ।
कुमार रम्तेलको नाममा डमी (नक्कली) ऋणी खडा गरेर १ करोड ९० लाख रुपैयाँ गोरखा मिडियामै लगानी गरिएको भेटिएको छ ।

सहकारी छानविन समितिको प्रतिवेदनले बुटवलको सुप्रिम सहकारीमा कुमार रम्तेलको नाममा १ करोड ९० लाख रुपैयाँको ऋण खडा गरेर गोरखा मिडियामा लगेको भेटिएको छ ।

यस्तो रकमबाट ग्लोबआइएमई बैंकमार्फत गोरखा मिडियाको खातामा १ करोड ३३ लाख ५९ लाख ८० हजार रम्तेलको खतामा र ७ लाख रवि लामिछानेको खातामा जम्मा गरेको भेटिएको हो ।

यस्तो रकम भने कुमार रम्तेलकै नाममा ऋण कायम गरेको भेटिएको छ । यो रकम डमी ऋणी खडा गरेर भएको बया गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीले दिएको वयानमा उल्लेख छ ।


क्लिकमान्डु