लुम्बिनीमा साढे १२ लाख सवारीसाधन मध्ये करिब ११ लाख मोटरसाइकल



काठमाडौं । लुम्बिनी प्रदेशमा सवारी साधनको संख्या साढे १२ लाखवटा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशको आर्थिक गतिविधिबारे गरेको अध्ययनअनुसार लुम्बिनी प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरुबाट प्राप्त विवरणअनुसार २०८० असार मसान्तसम्म कुल सवारी साधनको १२ लाख ४० हजार ६०८ पुगेको छ ।

प्रदेशमा अघिल्लो वर्षको तुलनामा गत वर्ष सवारी साधन ६.५० प्रतिशतले वृद्धि भएको छ ।

जसमध्ये मोटरसाइकलको सङ्ख्या ७.०७ प्रतिशतले वृद्धि भई १० लाख ७० हजार ५७ पुगेको छ भने अन्य सवारी साधनको सङ्ख्या ३ प्रतिशतले वृद्धि भई १ लाख ७० हजार ५५१ पुगेको छ ।


क्लिकमान्डु