सुनको मूल्यले कायम गर्याे नयाँ रेकर्ड, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ ।

गत मंसिर १८ गते हालसम्मकै उच्च मूल्य कायम गरी नयाँ रेकर्ड कायम गरेको थियो । सो बेला छापावाला सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै बिहीबार नयाँ रेकर्ड कायम भएको पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख २२ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १४ सय ९० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु