कार्यसम्पादन कमजोर भएका मन्त्रीलाई माफ गर्दिन, आशा जगाउन नसके पदमा बस्दिन: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यसम्पादनमा कमजोर भएका मन्त्रीहरुलाई माफ गर्न नसकिने बताएका छन् ।

मंगलबार देशवासीको नाममा संवोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । ‘म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्‍न चाहन्छु, हामीलाई असफल हुने छूट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन ।’

सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा रहेको उनले बताए । कार्यक्षमता कमजोर भएकाले कसैले पनि पद ओगटीरहन नहुने उनले बताए । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद छाड्नको उनको भनाइ छ ।

‘कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ। यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैंसँग गरेको वाचा पनि हो,’ प्रधानमन्त्रीले भने ‘देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन ।’


क्लिकमान्डु