एनसेलले ल्यायो सुलभ दरमा नयाँ डेटा अफर, प्याक बराबरकै फोरजी डेटा बोनस



 

काठमाडौं । दुरसंचार सेवा प्रदायक एनसेलले इन्टरनेट सेवा सुलभदरमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ । योजना अन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् र कर सहितन्युनतम २ पैसा प्रति एमबि सम्ममा डेटा सेवाको मजालिन सक्नेछन् ।

नयाँ डेटा प्याक कुनै पनि बेलाप्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राति ११ बजे देखि बिहान ५ बजे सम्मको समयमा प्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमा उपलब्ध छन् । जस अन्तर्गत ग्राहकले १ देखि ३० दिन भ्यालिडिटी भएका ३० एमबि देखि १० हजार एमबिसम्मका डेटा प्याकहरु १० रुपैयाँदेखि १५ सय रुपैयाँसम्मको प्याक शुल्कमा खरिद गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

कुनै पनि डेटा प्याक सुचारु गर्ने ग्राहकले आफुले खरिद गरेको प्याक बराबरकै फोरजी डेटा पाउने यो योजनाको प्रमुखविषेशता हो । उदाहरणका लागि १ सय मा ५ सय एमबि अल टाइम डेटा खरिद गर्दा ग्राहकले थप ५ सय एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यस योजना अन्र्तगतका प्याकहरु ग्राहकले टुजी, थ्रिजी र फोरजी कुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्छन् भने बोनस स्वरुप प्राप्त थप फोरजी डेटा फोरजी नेटवर्कमा मात्र मान्य हुनेछ ।

अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले १० रुपैयाँ मा ३० एमबि डेटा प्राप्त गर्नेछन । यो प्याक सुचारु गर्नुहुने ग्राहकले ३० एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यसरी ग्राहकले १० रुपैयाँमा ६० एमबि डेटाको मजा लिन सक्नेछन् । त्यस्तै, अरु अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले ३० रुपैयाँ मा १ सय एमबि, ५० रुपैयाँ मा २ सय एमबि र ७० रुपैयाँमा २ सय ५० एमबि लिन सक्नेछन् र सोहि भोल्युम बराबरको फोरजी डेटाको मजालिन सक्नेछन् ।

साथै, ठूलो भोल्युमको अल टाइम डेटा प्याक अन्तर्गत, ग्राहकले १ सय रुपैयाँ मा ५ सय एमबि, ३ सय रुपैयाँ मा १२ सय ५० एमबि, ५ सय रुपैयाँमा २५ सय एमबि र १५ सय रुपैयाँमा १० हजार एमबि डेटा प्राप्तगर्नेछन् । यसका साथै खरिद गरिएको भोल्युम बराबरकै फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

नाइट भोल्युम प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दाचार गुणा बढी डेटा भोल्युमको मजा लिन सक्नेछन् । यसका साथै नाइट प्याक सुचारु गर्ने ग्राहकले सोही डेटा भोल्युम बाहेक त्यति नै भोल्युमको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । जस्तै १५ सय मा ४० हजार एमबि नाइट प्याक सुचारु गर्ने ग्राहकले थप ४० हजार एमबि फोरजी डेटा बोनस प्राप्तगर्नेछन् । न्युनतम २ पैसा प्रतिएमबिमा डेटा सेवाको मजा लिन सक्नेछन् ।

यो योजना यहि बुधबार (भदौ २१) देखि ९० दिनको लागि लागु हुनेछ । फोरजी बोनस ३० दिनका लागि मान्य हुनेछ । डेटा प्याकहरुको उल्लेखित सबै शुल्कहरु कर सहितका हुन् ।

सुलभ दरमा दु्रतगतिको इन्टरनेटको मजाको लागि एनसेलका ग्राहकले एस्ट्रिस्क १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् । अल टाइम प्याक सुचारु गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसारको प्याक भोल्युम टाइप गरि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् । त्यस्तै नाइट टाइम प्याक सुचारु गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसारको प्याक भोल्युम र अंग्रेजीमा ठूलो ‘एन’ टाइप गरी १७१२३ मा एसएमएस पठाई यो डेटा प्याक सुचारु गर्न सक्नेछन् । एनसेल एपबाट पनि डेटा प्याकहरु सुचारु गर्न सकिनेछ ।

‘इन्टरनेट सेवाअझ सुलभ बनाउदै नयाँ प्याकहरु ल्याउन पाउँदा हामी निकै हर्षित छौ । नजिकिदै गरेको चाडपर्व र देशको विभिन्नशहरमा फोरजी सेवा विस्तार भई सकेको हालको अवस्थामा यो योजनाले ग्राहकलाई थप लाभ पुर्याउने कुरामा हामी विश्वस्त छौ,’ एनसेलका कपोर्रेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने ।

पहिलो पटक जेठ १८ मा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा फोरजी सेवा संचालनमा ल्याए पश्चात एनसेलले तदारुकताका साथ यो सेवाविस्तार गर्दै आइरहेको छ । हाल एनसेलको फोरजी सेवा देशको विभिन्न १९ शहरमा उपलब्ध छ । एनसेलले सन् २०१८ को अन्त्य सम्ममा ४० शहरहरुमा फोरजी सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

 


पुष्प दुलाल