विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम गर्दैछुः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने र परिणाम दिनेगरी अघि बढिरहेको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा १३१ औं माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले राष्ट्रको नाममा सम्बोधन गर्दा आफूले वर्ष दिनमा गरेका काम र अब गर्ने कामहरुका बारेमा जनतालाई जानकारी गराउने बताए।

परम्परा तोडेर प्रधानमन्त्रीको रुपमा नयाँ काम गर्ने योजना आफ्नो रहेको बताए । सिंहदरबारको कामलाई व्यवस्थित बनाउन मन्त्री र मन्त्रालयका सचिवहरुलाई आफू १० बजे नै सिंहदरबार पुगेर उनीहरुसँग छलफल गर्ने र परिणाममुखी काम गर्न निर्देशन दिने गरेको बताए ।
प्रधानमन्त्री दाहालले अर्को वर्ष विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी आफू अघि बढीरहेको बताए ।


क्लिकमान्डु