चिनीयाँ कम्पनीप्रति भेदभाव नगर्न भारतलाई चीनको आग्रह



एजेन्सी । भारतमा सम्पत्ति सुद्धिकरणको मुद्दा सामना गरिरहेको चिनीयाँ मोबाइल उत्पादक कम्पनी भिभोको विषयमा भेदभाव नगर्न भारत सरकारलाई चीनले आग्रह गरेको छ ।

हालैमा भारतको प्रवर्तन निर्देशनालयले भिभोका अन्तरिम सिइओ हांग जुक्वान, मुख्य वित्तिय अधिकारी हरिन्दर दहिया र सल्लाहकार हेमन्त मुन्जाललाई गिरफ्तार गरेको थियो । उनीहरु विरुद्धमा सम्पत्ति सुद्धिकरणको मुद्दा चलाइएको छ । यहि विषयमा चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निगले भारत सरकारलाई आफ्ना कम्पनी विरुद्धमा भेदभाव नगर्न आग्रह गरिएको जनाएका छन् ।

उनले भने, ‘यो मुद्दामा हामीले नजर राखिरहेका छौं । चीन सरकार आफ्ना कम्पनीहरुले सबै कानुनी र तीनको हितको सुरक्षा गर्नेछ ।’

सँगै चीनले भिभोका कर्मचारीहरुलई कानुनी सहयोग गर्ने पनि फैसला गरेको छ । यो वर्ष भारत सरकारले भिभोमाथि निरन्तर निगरानी तथा छापा मारिरहेको छ ।

गत वर्ष पनि भारत सरकारका विभिन्न निकायहरुले भिभो मोबाइल र त्यससँग सम्बन्धित २३ कम्पनीहरुको ४८ वटा कार्यालयमा छापा मारेको थियो । भारतको प्रवर्तन निर्देशनालयकाअनुसार भिभोले चीनमा अवैध रुपमा रकम पठाएर गैरकाननिी काम गरेको बताइएको छ ।


क्लिकमान्डु