चुक्ता पुँजी पुगेको नेपाल इन्भेष्टमेन्ट बैंकले १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले लगानीकर्तालाई बम्पर बोनस दिने भएको छ ।
८ अर्ब चुक्ता पुँजी भएको हुँदा बोनस सेयर नदिने अनुमान सेयरधनीको थियो । बैंकले प्रतिशत १५ बोनस सेयर २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
बजारमा पनि लगानीकर्ताले इन्भेष्टमेन्ट बैंकको बोनस र नगद लाभांशलाई स्वागत गरेको देखिएको छ ।
यसको सेयर मुल्य अहिले ७ सय ५७ रुपैयाँमा कारोबार भएको छ ।
नेप्सेले गलत सूचना दिदा लगानीकर्ताहरु झुक्किएका थिए ।