साउदी अरबबाट भारत आइरहेको जहाजमा इरानले ड्रोन हमला गरेको दाबी



एजेन्सी । अमेरिकाको रक्षा विभागले भारतको गुजरात नजिक रहेको अरब सागरमा एक जहाजमा हमला भएको दाबी गरेको छ । इरानले प्रहार गरेको ड्रोनले उक्त जहाजमा हमला गरेको अमेरिकाले दाबी गरेको हो ।

१९ डिसम्बेरमा साउदी अरबबाट हिँडेको उक्त जहाज २५ डिसेम्बरमा भारतको न्यु मैगलोर बन्दरगाहमा पुग्नुपर्ने थियो । तर, उक्त जहाजमा ड्रोन हमला भएको हो । अमेरिकी रक्षा विभागले भनेको छ, ‘चेम प्लुटो नामक यो केमिकल ट्याकंरमा इरानले प्रहार गरेको ड्रोनले निशाना बनाएको थियो ।’

अमेरिकी केन्द्रिय कमाण्डले शनिबार अर्को एक घटनामा पनि रेड सिको दक्षिण हिस्सामा हुती विद्रोहीहरुले समुन्द्रमार्फत हुने जहाजको सिपिंगको बाटोमा एन्टी सिप बेलिस्टिक मिसाइल प्रहार गरेको बताएको छ ।

सात अक्टुबरमा इजरायलमाथि हमासले प्रहार गरेसँगै सुरु भएको युद्धका कारण यो क्षेत्रमा तनाब बढ्दै गएको छ । समाचार एजेन्सी रोयटर्सकाअनुसार इरानी सरकार र यमनमा रहेका समर्थकहरुले खुला रुपमा नै गाजामाथि इजरायलको हमलाको बिरोध गरिरहेका छन् ।

हालैका दिनहरुमा यमनमा रहेको इरान समर्थित हुथि विद्रोहीहरुले लाल सागरबाट भएर यात्रा गरिरहेका जहाजहरुमा ड्रोन र मिसाइल हमला गरेका थिए । जसकारण यी जहाजहरुले आफ्नो रुट फेर्नु परेको थियो । यस्ले वितरण प्रणालीमा पनि असर गर्ने बताइएको छ ।

अमेरिकाकाअनुसार हुति विद्रोहीहरुले करिब १ सय ड्रोन र मिसाइलमार्फत हमला गरेका छन्, जसले १० जहाजहरु प्रभावित भएका हुन् ।

भारत आइरहेको चेम प्लुटो जहाजमा भएको हमलालाई लिएर इरानले अहिलेसम्म कुनै टिप्पणी भने गरेको छैन ।
यता भारतीय जलसेनाले भने चेम प्लुटोको सहयोगका लागि आफ्नो जहाज र विमानहरु पठाएको छ ।


क्लिकमान्डु