स्वास्थ बीमाबाट बिमितले अब एकैपटक तीन महिनासम्मलाई पुग्ने औषधी नि:शुल्क पाउने



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बिमितलाई औषधी उपलब्धतामा सहजीकरण गर्न एकैपटक तीन महिनालाई पुग्ने औषधी बीमाबाट पाउने व्यवस्था गरेको छ ।

दीर्घरोगी तथा नियमित औषधी सेवन गर्दै आएका बीमितलाई हरेक महिना औषधी लिन जानुपर्ने बाध्यतालाई हटाउँदै तीन महिनासम्मलाई पुग्ने औषधी एक पटक दिने व्यवस्था गरेको हो ।

यस अघि औषधी लिन झन्झट तथा रिफरको समस्याले गर्दा स्वास्थय बीमा प्रभावकारी बन्न सकेको थिएन । बोर्डले औषधीमा सहजतासँगै रिफरसमेत सहज बनाएको छ । बोर्डले फलोअपमा जानुपर्ने बिरामीहरुले बीमामा उपचार गर्नका लागि अस्पतालबाट रिफर लिन नपर्ने व्यवस्था गरेको हो ।


क्लिकमान्डु