हाथवे इन्भेष्टमेन्टले लाभांश स्वीकृत गर्न बोलायो साधारण सभा
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले पन्ध्रौ वार्षिक साधारण सभा बोलाएको छ ।
पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पुन २६ गते बिहीबारका लागि साधारण सभा बोलाएको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६ प्रतिशत लाभांश स्वीकृतिका लागि साधारण सभामा पेस गरिने कम्पनीले जनाएको छ ।
लाभांशमध्ये १० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.५२६ नगद वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।