नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल



काठमाडौं । नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल चयन भएका छन् । कम्पनीको २३०औं सञ्चालक समिति बैठकबाट पौडेल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

पौडेलले मंगलबार नै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागीय परिवर्तनपश्चात नेपाल क्लियरिङ हाउसमा गरिँदै आएको प्रतिनिधित्वसमेत परिवर्तन भएको हो । रामु पौडेलको केन्द्रीय बैंकको विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ । 

नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्धित कम्पनी हो ।


क्लिकमान्डु