मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, बुक क्लोजको मिति तय



काठमाडौं । मञ्जुश्री फाइनान्सले लाभांश दिने प्रस्ताव गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले पुस २५ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।

सभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्ने भएको छ । पुस १० गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् भने सभा भाग लिन पनि पाउनेछन् ।


क्लिकमान्डु