हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, बुक क्लोज कहिले ?



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १०.५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १० प्रतिशत र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले पुस २६ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।

सभा प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गर्ने भएको छ । ११ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोेकेको लाभांश पाउनेछन् भने सभा भाग लिन पाउनेछन् ।


क्लिकमान्डु