नेपाल बैंकको सीईओका लागि ५ जना परे अन्तिम सूचीमा, अन्तर्वार्ता बुधबार हुने



काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन दिएका १९ जनामध्ये सर्ट लिस्टमा ५ जना छनोट भएका भएका छन् ।

सर्ट लिस्टमा परेका ५ जनाको अन्तर्वार्ता यही बुधबार हुने भएको छ । सर्ट लिस्टमा अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त (भट्ट) रहेका छन् ।

पौडेल र पाण्डेयको अन्तर्वार्ता पुस ४ गते बिहान ८ देखि १० बजेसम्म हुनेछ । गौतम, पौडेल र भट्टको भने बुधबार दिउँसो ४ देखि ७ बजेसम्म हुनेछ । बैंकले असोज २१ गते सीईओका लागि आवेदन माग गरेको छ ।


क्लिकमान्डु