रु रु जलविद्युत परियोजनाले नगद लाभांश दिने



काठमाडौं । रु रु जलविद्युत परियोजनाले लाभांश घोषणा गरेको छ ।

आइतबार सबेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

कम्पनीले पुस २५ गते बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।


क्लिकमान्डु