मदांकिनी हाइड्रोपावरको लाभांश घोषणा



काठमाडौं । मदांकिनी हाइड्रोपावरले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस ४.७५ प्रतिशत र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले पुस २९ गतेका लागि साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने भएको छ । पुस १९ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।


क्लिकमान्डु