सहकारी पत्रकार समाजको अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित



काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को अध्यक्षमा काजी श्रेष्ठ पुन: निर्वाचित भएका छन् ।

सीजेएनको १३ औ बार्षिक साधारणसभाबाट पुनः श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

नवनिर्वाचित संस्थाको उपाध्यक्षमा अर्जुन खतिवडा, सचिवमा सन्तोष रोकाया, सह–सचिवमा सुधा देवकोटा र कोषाध्यक्षमा माधव कुमार खड्का चयन भएका छन् ।

यस्तै सदस्यहरुमा नमिता दुलाल र बलराम बुढाथोकी रहेका छन् । नवनिर्वाचित कार्यसमितिलाई मुख्य निर्वाचन अधिकृत बिष्णु गिरीले प्रमाणपत्र वितरण गरेका थिए ।

नवर्निवाचित अध्यक्ष श्रेष्ठले सबै सदस्यलाई साथमा लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।


क्लिकमान्डु