सेयर बजार सामान्य घट्यो, कारोबार रकम घट्दै
काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आउँदा कारोबार रकम समेत घटेको छ । बजार मापन गर्ने सूचक ७.२९ अंकले घटेर परिसूचक १८५१.२३ बिन्दुमा रोकिएको छ ।
कारोबारको सुरुदेखि नै गिरावट आएको बजार अन्तिम समयसम्म कायमै रह्यो । २९३ कम्पनीको ३४ लाख १९ हजार ७३ कित्ता सेयर ९६ करोड ४० लाख १० हजार ४३१ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचक घटेको छ । बैंकिङ समूहको ५.६२, विकास बैंक १६.७८, वित्त ९, होटल २७.८४, होटल ८.९५, जीवन बीमा २५.७७, उत्पादन तथा प्रशोधन ११.१९, निर्जीबन बीमा ४२.०४ अंकले घटेको छ । कारोबारमा थ्री स्टार हाईड्रोपावर, सबैको लघुवित्त वित्तीय संस्था, इङवा हाईड्रोपावर, माईखोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस्तै माउन्टेन इनर्जी, युनाइटेड इदी मर्दी आरबी आईड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड ९५ लाख २९ हजार रुपैयाँको सेयर किनेबच भएको छ । दोस्रो र तेस्रो स्थानमा हाथवे इन्भेष्टमेन्ट कम्पनी र सिटिजन्स लाइफ इन्स्योरेन्स रहेको छ ।