सामसङको क्यू एलईडी नेपाली बजारमा सार्वजनिक



काठमाडौं । हिम इलेक्ट्रोनिक्स सामसङ नेपालको आधिकारिक बितरकलले क्यू एलईडी नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले डिलर्स मिटमा क्यू एलईडी सार्वजनिक गरेको हो ।
नेपालका लागि सामसङका देशिय निर्देशक वोन तथा हिम इलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रुपमा क्यू एलईडी सार्वजनिक गरेका हुन् । मिटमा ४ सयभन्दा धेरै डिलरहरुको सहभागि रहेका छन् ।

विशेषता के के छन् ?

क्यु पिक्चरः
कलरमा परिवर्तन गराउने एक्लुसिभ क्वान्टम डट्सका साथमा क्यू एलईडी टिभी हो । जसले शतप्रतिशत कलर भोलुम प्राप्त गर्ने पहिलो टिभी भएको कम्पनीको दाबी छ ।

शतप्रतिशत कलर भोल्यूम
सामसङ क्यूएलईडी टिभीहरुमा शतप्रतिशत कलर भोल्यूम तथा १० लाखभन्दा बढि रंगहरुको संयोजन गरिएको छ ।

क्यू कन्ट्रास
सामसङको क्यूएलईडीले सूपेरियर पिक ब्राइटनेसको माध्यमबाट त्यसलाई कटाएर स्क्रीनको आवश्यक भागमा मात्र चहकिलो बनाउँन सकिन्छ ।

क्यूवेईङ एंगल
हरेक एंगलबाट टिभी हेर्न सकिन्छ । एभ्री भ्यू, कलर हरेक कुनाबाट उत्तिकै स्पष्ट हुन्छ ।


पुष्प दुलाल