उन्नति सहकार्य लघुवित्तको एफपीओको बाँडफाँट
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) को बाँडफाँट भएको छ ।
कम्पनीले निष्कासन गरेको एफपीओमा दिएको आवेदनमा १७ हजार ८४५ जना आवेदकले सेयर हात पारेका छन् ।
आवेदन दिएकामध्ये १ जनाले ११ कित्ता र थप १ जनाले १०.१८ कित्ता सेयर पाएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । बाँकी आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । एफपीओमा १० लाख ७२ हजार ७६८ जना आवेदकले आवेदन दिएका थिए । परेको आवेदनमा ३२५ जनाको आवेदन रद्द भएको छ ।
कम्पनीले कात्तिक २१ देखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्कासन गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ निष्कासन गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट, उन्नति सहकार्यको वेबसाइट, मेरो सेयर र सीडीएससीले आईपीओ नतिजा थाहा पाउन बनाएको वेबसाइट हेर्न सकिन्छ ।