सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै मुक्तिनाथ कृषि कम्पनी
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले १४ करोड रुपैयाँको १४ लाख कित्ता सेयर सेयर निष्काशन गर्न लागेको छ । जसमा पहिलो चरणमा १ करोड ४० लाख रुपैयाँ १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको छ ।
कम्पनीले ४२ हजार कित्ता सेयर कम्पनीका कर्मचारी र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । यसर्थ, बाँकी ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणका लागि ८ गतेदेखि निष्कासन गर्ने भएको छ ।
आईपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर २२ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।