श्वेतगंगा हाइड्रोपावरले बनायो सेयरधनीको हात खाली



काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।

कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले मंसिर २६ गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा लाभांश दिने प्रस्ताव छैन ।

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने, आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।

सभा लागि भन्दै कम्पनीले मंसिर १५ गते बुक क्लोज गर्ने भएको छ । मंसिर १४ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने छन् ।


क्लिकमान्डु