युनिलिभर नेपालको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?
काठमाडौं । युनिलिभर नेपालले मंसिर २६ गतेका लागि बार्षिक साधारण सभा बोलाएको छ ।
सभाका लागि कम्पनीले मंसिर १२ देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । मंसिर ११ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले घोषणा गरेको लाभांश पाउने छन् भने साधारण सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आवको नाफाबाट प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश दिने घोषणा गरेको छ । उक्त सभाले पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले सभामा लेखापरीक्षक नियुक्त गर्ने, सुभाष बर्जाचार्यलाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकको रुपमा पुनः नियुक्त गर्ने लगायत प्रस्ताव पेश गर्ने कम्पनीले जनाएको छ ।