टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा
काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालमा दायर रिटमाथि प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाको एकल इजलासमा पेसी तोकिएको हो ।
कात्तिक २७ गतेको मन्त्रिपरिषद बैठकले टिकटकले समाजमा नकारात्मक असर पारेको भन्दै बन्द गर्ने निर्णय गरेको थियो । टिकटक बन्द गर्ने निर्णयपछि १० थान रिट निवेदन सर्वोच्चमा दर्ता भएका थिए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता अनन्तराज लुईंटेल, अधिवक्ता फर्सुराम पाण्डे, अधिवक्ता त्रिलोक चन्द, अधिवक्ता भद्रप्रसाद नेपाल, अधिवक्ता सुनिलरञ्जन सिंह लगायतका कानुनव्यवसायीले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन् । रिटमा टिकटक बन्दको सरकारी निर्णय बदरका लागि उत्प्रेषण परमादेश अ माग गरिएको छ।
इजलासमा टिकटकबारेको रिटहरु सातौं नम्बरमा रहेका छन् ।