विश्वकप फाइनल जित्न भारतद्वारा अस्ट्रेलियालाई २४१ रनको लक्ष्य



काठमाडौं । विश्वकप क्रिकेट फाइनलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङ गरेको भारत ५० ओभरमा २४० रनमा अलआउट भएको हो ।

भारतका लागि केएल राहुलले सर्वाधिक ६६ रन बनाए । त्यस्तै कप्तान रोहित शर्माले ४७ र विराट कोल्हीले ५४ बनाए । अन्य ब्याटरले गतिलो रन बनाउन सकेनन् ।

पहिलो १०.२ ओभरमा ८६ रन बनाउँदा रोहित, शुभमन गिल, स्रेयस ऐयरलाई गुमाएपछि भारत दबाबमा परेको थियो ।

भारतलाई विराट कोहली र केएल राहुलले सम्मानजनक स्थितिसम्म पुर्‍याए । उनीहरुले चौथो विकेटका लागि गरेको ६७ रनको साझेदारी नै भारतका लागि सबैभन्दा ठूलो साझेदारी रह्यो ।

सातौं नम्बरमा ब्याटिङमा आएका सूर्यकुमार यादवले १८ रन बनाए । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए ।


क्लिकमान्डु