सोल्टी होटलको नाफा घट्यो
काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड २३ लाख ४२ हजार रुपैयाँ रहेको छ ।
गतको सोही अवधिको तुलनामा ८.६२ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा ११ करोड २० लाख रुपैयाँ ६ हजार रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्म होटलले व्यवसायबाट ३९ करोड ९६ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । गतको सोही अवधिमा ४१ करोड ३२ लाख ७३ हजारु रुपैयाँ रहेको थियो । यो अवधिमा होटलको सञ्चालन आम्दानी घटेको छ । गत आवको पहिलो त्रैमासमा १२ करोड ६८ लाख ९३ हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा ११ करोड ९५ लाख ६ हजार रुपैयाँ रहेको छ ।
८८ करोड ४७ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ३२ करोड ४० लाख ३९ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी १ रुपैयाँ १६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४ रुपैयाँ ९७ पैसा रहेको छ ।