जलवायु अनुकूलनका लागि छुट्याइएको रकम नेपालले पाउनुपर्छः महासचिव गुटेरेस



काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु अनुकूलनका लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्ने बताएका छन् ।

अन्नपूर्ण बेसक्याम्प अवलोकन भ्रमणपछि मंगलबार पोखरामा सञ्चारमाध्यमसँग कुरा गर्दै उनले जलवायु अनुकूलनका लागि बनाइएका कोषहरुको रकम जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाललगायतका देशले पाउनुपर्नेमा जोड दिए ।

उनले जलवायु परिवर्तनका कारण पीडित बनेको नेपाललाई समर्थन गर्न अन्य देशलाई पनि आग्रह गरे । जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्ने उनको भनाइ छ ।

महासचिव गुटेरेसले जलवायु परिवर्तनकै कारण धेरै ठाउँमा भूस्खलन भएको र यसबाट पीडित समुदायका लागि विश्वस्तरबाटै प्रभावकारी कदम चाल्नुपर्ने बताए । उनले जलवायु परिवर्तनको असर कम गर्न प्रभावकारी ऐक्यबद्धता आवश्यक रहेको धारणा राखे ।


क्लिकमान्डु