सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ ।
साथै, सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँ कायम भएको छ ।