घट्यो जिउँदो खसी र च्याङ्ग्राको मूल्य



काठमाडौं । सरकारले जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ ।

भोलिदेखि लागू हुने गरी जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ रहेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सरकारले सहुलियत दिएको जिउँदो खसीको मूल्य प्रति किलो ६७० रुपैयाँबाट ६५० रुपैयाँ कायम भएको छ । च्याङग्रा प्रतिकिलो १२५० बाट प्रतिकिलो १२२५ रुपैयाँ भएको छ ।


क्लिकमान्डु