ब्रोकर कमिसन घटाउने बोर्डको निर्णय
काठमाडौं । नेपाल धितोपत्र बोर्ड ब्रोकर कमिसन घटाउने अन्तिम चरणमा पुगेको छ । बुधबार बिहान बोर्डमा बसेको बैठकले कमिसन घटाउने निर्णय गरेको हो ।
बोर्डमा उक्त निर्णय भएपछि अन्तिम स्वीकृतीका लागि अर्थ मन्त्रालय पठाइएको छ । अर्थ मन्त्रालयले त्यसको जवाफ पठाएपछि बोर्डले नयाँ ब्रोकर कमिशन दर सार्वजनिक गर्ने स्रोतको भनाइ छ ।
बोर्डले ब्रोकर कमिसन घटाउने भन्दै यसअघि पटक पटक लगानीकर्ता, ब्रोकरसँग छलफल गरेको छ । बोर्डले यसअघि २०७७ पुस १० गते संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्रीमा लिने ब्रोकर कमशिन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम गरेको थियो ।
अब यसअघि रहेको ०.४० प्रतिशतको माथिल्लो सीमालाई ०.३० प्रतिशत कायम गर्ने र ०.२७ प्रतिशत रहेको तल्लो सीमालाई घटाएर ०.२५ प्रतिशत कायम गर्ने बोर्डको तयारी स्रोतको भनाइ छ ।