४ कम्पनी पुगे धितोपत्र बोर्ड, १ अर्ब २३ करोडको आईपीओ निष्कासन हुँदै
काठमाडौैं । साधारण सेयर निष्कासन गर्न भन्दै धितोपत्र बोर्डका ४ वटा कम्पनीले निवेदन दिएका छन् । चार वटा कम्पनीले १ अर्ब २३ करोड २३ लाख ७ हजार ८०० रुपैयाँको सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् ।
धितोपत्र बोर्डमा आईपीओ ल्याउन भन्दै एसवाई प्यानल नेपाल, माविलुङ इनर्जी, एपेक्स हस्पिटालिटी र याम्बालिङ हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गर्ने भन्दै बोर्डमा निवेदन दिएका छन् । सेयर निष्कासन गर्ने कम्पनीमा हाईड्रोपावर २ वटा र अन्य २ वटा कम्पनी रहेका छन् ।
एसवाई प्यानल नेपालले प्रतिकित्ता सय रुपैयाँका दरले ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
यस्तै माविलुङ इनर्जी कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १८ करोड ९० लाख ५३ हजार रुपैयाँको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।
यता एपेक्स हस्पिटालिटीले प्रतिकित्ता सय रुपैयाँका दरले २४ करोड रुपैयाँको २४ लाख कित्ता सेयर निष्कासन गर्न माग गर्दैै बोर्डमा पुगेको छ । यसको बिक्री प्रबन्धकमा हिमालयम क्यापिटल रहेको छ ।
याम्बालिङ हाइड्रोपावर कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले २८ करोड रुपैयाँको २८ लाख कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।