सानिमा माई हाइड्रोपावरको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?
काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कात्तिक २३ गतेका लागि बार्षिक साधारणसभा बोलाएको कम्पनीले असोज २४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसैले आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।