२०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न घलेम्दी हाईड्रोले बोर्डबाट पायो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले घलेम्दी हाईड्रो कम्पनीलाई २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।
कम्पनीलाई बोर्डले असोज १६ गते हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो ।