पोखराको चिप्लेढुंगामा मुक्तिनाथ क्यापिटलको शाखा



पोखरा । पोखरामा मुक्तिनाथ क्यापिटल लिमिटेडले शाखा विस्तार गरेको छ । पोखराको चिप्लेढुंगामा मुक्तिनाथ विकास बैंकका उपभोक्ता बैंकिङ्ग प्रमुख, बाबुराम ढकाल र मुक्तिनाथ विकास बैंकका, संस्थापक शेयरधनी, नविन ढकालले क्यापिटलशो शाखा उद्घाटन गरेका हुन् ।

उक्त समारोह मुक्तिनाथ विकास बैंकका चिप्लेढुङ्गा शाखा प्रमुख रामचन्द्र रानाभाटले संचालन गरेका थिए । समारोहमा गण्डकी प्रदेश प्रमुख ऋषिराम ढकाल सहायक प्रदेश प्रमुख शंकर केसी तथा मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा प्रबन्धकहरुका साथै बैंकका अन्य कर्मचारी तथा लगाानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

मुक्तिनाथ क्यापिटल लिमिटेड, कम्पनी ऐन, २०६३ अन्तर्गत २०६६ माघ २७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई स्थापना भएको मुक्तिनाथ विकास बैंक लिमिटेडको सहायक कम्पनी हो । यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम मर्चेन्ट बैंकिङ्ग सम्बन्धी व्यवसाय गर्नका लागि २०६७ साउन ११ गते स्वीकृती प्राप्त गरी व्यवसायिक कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

मुक्तिनाथ क्यापिटलले मुक्तिनाथ विकास बैंक तथा लुम्बिनी विकास बैंक गरी सम्पूर्ण शाखा कार्यालयहरुबाट करिब १,३२,००० सेवाग्राहीहरुलाई निक्षेप सदस्य (डिम्याट खाता) सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । हाल सम्म ५० करोड रुपैयाँ भन्दा बढी रकमको लगानी ब्यवस्थापन गरी आफ्नो सेवाग्राहीहरुलाई उचित प्रतिफल दिन सफल रहेको कम्पनीले दाबी गरेको छ ।

यससँगै क्यापिटलले कुल १४ वटा विभिन्न क्षेत्रका संस्थाहरुको करीब चार लाख शेयरधनीहरुलाई शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

क्यापिटलले आफ्नो सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गरी निक्षेप सदस्य, शेयर रजिष्ट्रार, लगानी ब्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभुति र निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी सेवाहरु नारायण्चौर, नक्साल स्थित प्रधान कार्यालयबाट दिँदै आईरहेकोमा अब उपरान्त ती सेवाहरु नयाँ शाखा कार्यालयबाट पनि सजिलै प्राप्त गर्न सक्नुहनेछ ।

निकट भविष्यमा साना लगानीकर्ता तथा विपन्न वर्गलाई लक्षित गरी मुक्तिनाथ विकास बैंक कोष प्रबद्र्धक रहेको सामूहिक लगानी कोष पनि नेपाली पूँजी बजारमा ल्याउँदै छ ।


क्लिकमान्डु