एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा पौडेल नियुक्त
काठमाडौं । एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन् ।
शुक्रबार बिहान बसेको सञ्चालक समितिको १८४औँ बैठकबाट पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्ति गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
पौडेल कम्पनी सचिवमा नियुक्त हुनु अघि यसै संस्थामा प्रमुख रणनीति अधिकृतको रुपमा कार्यरत थिए । साथै यस अघि यसै संस्थाको प्रमुख जोखिम अधिकृतको पदमा कार्यरत विशाल उप्रेतीले नै यस संस्थाको कम्पनी सचिवको जिम्मेवारी सम्हालि रहेका थिए ।
सञ्चालक समितिको बैठकबाट उप्रेतीको राजीनामा स्वीकृत भए पश्चात पौडेलले संस्थाको कम्पनी सचिव पदको जिम्मेवारी सम्हालेको कम्पनीले जनाएको छ ।