एलजी फ्ल्यागसिप शोरुम पुनः सुरु, रिओपनिङका अवसरमा विशेष छुट



काठमाडौं । चौधरी ग्रुपअन्तर्गत काठमाडौंको मीनभवनमा रहेको एलजी ब्रान्डको शोरुम विश्वस्तरीय अपग्रेडपश्चात् पुनः सुरु भएको छ ।

नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एलजी ब्रान्डका घरायसी विद्युतीय सामग्रीहरु जस्तैः एलईडी टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिसवासर, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनरलगायत अरु थुप्रै सामग्री उपलब्ध छन् ।

राजधानीको मुख्य व्यापारिक केन्द्र मीनभवनको गोरखा कम्प्लेक्समा रहेको यो शोरुम सन् २००५ मा स्थापित एलजी ब्रान्डको पहिलो शोरुम हो । ग्राहकले दक्ष र अनुभवी ग्राहक प्रतिनिधिबाट यहाँ भएका विद्युतीय सामग्रीबारे जानकारी पनि लिन सक्नेछन् ।

शोरुम हप्ताको सातै दिन बिहान १० देखि बेलुका साढे ७ बजेसम्म खुला रहने कम्पनीले जनाएको छ । कम्पनीले शोरुममा रिओपनिङका अवसरमा विशेष छुटका साथै फ्री गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी र एक्सचेन्ज अफरको सुविधा पनि दिएको छ ।


रवि धिताल