कामना सेवा विकास बैंक र एटिक ग्रुपबीच मर्चेन्ट सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंक र एटिक ग्रुप प्रालिबीच मिति २०८० असोज २ गते मंगलबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वरस्थित एटिक रेस्टुरेन्टले प्रदान गर्ने रेस्टुरेन्ट सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण सेवाग्राहीले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।


रवि धिताल