सरकारको ध्यान चिनीमाः ४ कोठामा शिलवन्दी, ४ बोरा नियन्त्रण



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार एक फैन्सी पसललाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

विभागका अनुसार मूल्य सूची र दर्ता प्रमाणपत्र नराखेको अभियोगमा समाखुशीस्थित एक फैन्सी पसललाई ५० हजार नगद रुपैयाँ जरिवाना तिराएको हो ।

विभागले मंगलबार विभिन्न ४ वटा व्यापारिक प्रतिष्ठानलाई ८० हजार रुपैयाँ जरिवाना तिराएको हो । चावहिलस्थित तनि वटा खाद्य पसललाई १०/१० हजारका दरले ३० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

विभागको अनुगमन टोलीले अनुगमन गर्ने क्रममा कुलेश्वरस्थित एक गोदामबाट हिरा ब्राण्डको २ बोरा र लुम्बिनी ब्राण्डको मसिनो चिनी २ बोरा नमूनाको रुपमा नियन्त्रणमा लिएको छ । चिनी र दाल भण्डारण गरि राखिएको ५ वटा कोठा शिलवन्दी गर्दै विभागले २४ घण्टाभित्र उपस्थित हुन निर्देशन दिएको छ ।


रवि धिताल