सेयर बजारमा सामान्य सुधार, १४९ कम्पनीका लगानीकर्ताले कमाए



काठमाडौं । सेयर बजारमा सामान्य सुुधार देखिएको छ । अइतबार राताम्मे बनेको बजारमा सोमबार सामान्य सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक ४.२६ अंकले बढेर परिसूचक १९६९.१८ बिन्दुमा रोकिएको छ । निकै उतार चढाकाबिच बजारमा सामान्य सुधार देखिएको छ ।

२७१ कम्पनीको २८ लाख ७४ हजार २७५ कित्ता सेयर ८७ करोड ४ लाख ४४ हजार १५६ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ५.०४ अंकले घटेको छ भने विकास बैंक १४.६२, वित्त १५.९२, होटल ४०.१०, जलविद्युत २०.७९, जीवन बीमा ३२.२१ ३४.२१, उत्पादन तथा प्रशोधन १९.८३, निर्जीबन बीमा ५९.५७ अंकले बढेको छ ।

कारोबारमा इमर्जीङ नेपाल, थ्री स्टार हाईड्रोपावर कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । कारोबारमा भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, मेन्चियाम हाईड्रोपावरका लगानीकर्ताले कमाएका छन् । कारोबारमा शुभम पावर, पिपुल्स पावर, समता घरेलु लघुवित्त, सप्तकोशी विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ९ करोड ३८ लाख ८० हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनआईसि एशिया बैंक र साल्ट टे«डिङ कर्पोरेशन रहेको छ ।


रवि धिताल