तीन व्यापारीलाई २५ हजार जरिवाना



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन व्यापारीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

विभागले दुई होटल तथा रेष्टुँरालाई १०-१० हजार र एक डेरी पसललाई ५ हजार गरी २५ हजार रुपैयाँ जरिवाना गराएको हो ।

विभागको टोलीले आइतबार अटो पार्टस, डेरी उत्पादन, मिठाई, होटल तथा रेष्टुँरा, औषधि पसल गरी २१ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरेको थियो ।


रवि धिताल