यी ७ बैंकमा पैसा राख्दा बढी पाइन्छ ब्याज



काठमाडौं ।  विभिन्न ७ वटा वाणिज्य बैंकले मुद्दती निक्षेपमा पैसा राख्नेलाई असोज महिनामा बढी ब्याज दिने भएका छन् । मुद्दती निक्षेपमा पैसा राखेर ब्याज खान चाहनेका लागि असोजमा ७ वटा बैंक विकल्प हुने भएका छन् । यी बैंकले भदौको तुलनामा असोजमा बढी ब्याज दिनेछन् ।

भदाको तुलनामा असोजमा बढी ब्याज दिने बैंकमा प्राइम, नबिल, एभरेष्ट, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल एसबिआई र स्टयान्डर्ड चार्टर्ड बैंक रहेका छन् । सबैभन्दा बढी ब्याजदर प्राइम बैंकको रहेको छ । प्राइम बैंकले मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ११.३६ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले भदौको तुलनामा असोजमा ०.८६ प्रतिशत ब्याज बढाएको छ ।

नबिल बैंकले ११.०५ प्रतिशत ब्याज दिने भएको छ । यो भदौको तुलनामा ०.५६ प्रतिशतले बढी हो । एभरेष्ट बैंकले असोजमा ११.०५ प्रतिशत ब्याज दिने भएको छ । यो भदौको तु्लनामा १.०५ प्रतिशतले बढी हो ।

हिमालयन बैंकले निक्षेपकर्तालाई असोजमा ११.०५ प्रतिशत ब्याज दिने भएको छ । बैंकले भदौको तुलनाम असोजमा १.०६ प्रतिशत ब्याज बढाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भदौको तुलनामा १.०४ प्रतिशतले ब्याज बढाएर ११.०५ प्रतिशत मुद्दती निक्षेपमा दिने भएको छ ।

यस्तै एसबिआई बैंकले असोजमा १० प्रतिशत ब्याज दिने भएको छ । जुन भदौको तु्लनामा ०.०१ प्रतिशलते बढी हो । भदौको तुलनामा असोजमा ब्याज बढाउनेमा स्टयान्डर्ड चार्टर्ड बैंक पनि रहेको छ । बैंकले भदौको तुलनामा ०.३७ प्रतिशतले ब्याज बढाएर असोजमा ९.२९ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकहरुले साउनदेखि ब्याजदरमा गरेको भद्र सहमति तोडिएसँगै भदौ यता बैंकहरुको फरक फरक ब्याजदर हुने गरेको छ । साउनयता बैंकहरुले आफू अनुकूल ब्याजदर निर्धारण गर्दै आएका छन् ।

बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसतमा १० प्रतिशतले घटी बढी गर्ने गरेका छन् । सात बैंकले त्यही अनुसार नै ब्याजदर बढाएका छन् ।


रवि धिताल