नबिल बैंकले फेरि बढायो ब्याजदर, कति पुग्यो ?



काठमाडौं । नबिल बैंकले असोजदेखि लागू हुनेगरी ब्याजदर बढाएको छ । बैंकले १ वर्ष र त्योभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.५६ प्रतिशत विन्दुले बढाएर १०.४९ बाट ११.०५ प्रतिशत पुर्‍याएको हो ।

त्यस्तै तीन महिनादेखि ६ महिनासम्मको व्यक्तिगत मुद्दती निक्षेपमा बैंकले १०.०५ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको मुद्दती निक्षेपमा १०.५५ प्रतिशत ब्याज दिइने नबिल बैंकले जनाएको छ । असारसम्म सबै प्रकारका मुद्दती निक्षेपमा बैंकले ९.९९ प्रतिशत ब्याज दिँदै आएको थियो ।

साउन १ देखि बैंकर्स संघले ब्याजदरमा भद्र सहमतिको निर्णय खारेज गरेसँगै बैंकले आफूखुसी ब्याजदर कायम गर्दै आएको हो ।

बैंकले रेमिट्यान्स मुद्दती निक्षेपमा पनि फरक-फरक ब्याजदर कायम गरेको छ । बैंकले ३ महिनादेखि ६ महिनासम्मको रेमिट्यान्स मुद्दती निक्षेपमा ११.०५, ३ महिनादेखि ६ महिनासम्मकोमा ११.५५ र १ वर्षमाथिकोमा १२.०५ प्रतिशत पुर्‍याएको छ ।

संस्थागत मुद्दति निक्षेपमा ६ महिनादेखि १ वर्षसम्मको भए ८.५५ प्रतिशत र १ वर्षभन्दा माथिको भए ९.०५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।

साधारण बचततर्फ बैंकले ६.०५ प्रतिशतदेखि ९.०५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । साधारण बचततर्फ बैंकले २१ प्रकारका खाता सञ्चालनमा ल्याएको छ ।


रवि धिताल