दाङमा सर्पले डसेर दुई महिनामा ६ जनाको मृत्यु



दाङ । दाङमा दुई महिनामा सर्पको टोकाइबाट ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार दुई महिनामा १०७ जनालाई सर्पले टोकेको थियो ।

साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१ पुरुषलाई सर्पले टोकेको थियो । त्यस्तै साउन र भदौमा ६-६  बालबालिकालाई सर्पले टोकेको थियो ।

सर्पदंशका बिरामीमध्ये साउनमा १ महिला, २ बालबालिका, २ पुरूष तथा भदौमा १ पुरूषको मृत्यु भएको हो ।

जिल्लामा सर्पदंशको प्रभावकारी उपचार नहुँदा यसरी बिरामीको मृत्यु हुने गरेको छ भने कतिपय बिरामीलाई दाङबाट नेपालगन्ज वा गोरुसिङ्गे लैजाने गरिएको छ ।


रवि धिताल