इन्ड्राइभका निर्देशक एर्मोसिन भन्छन्- नेपालमा सशक्त रुपमा अघि बढ्दै छौं



काठमाडौं । राइड सेयरिङ कम्पनी इन्ड्राइभका निर्देशक रोमन एर्मोसिनले नेपालमा इन्ड्राइभ सशक्त रुपमा अघि बढेको बताएका छन् ।

इन्ड्राइभले सन् २०२२ देखि काठमाडौंमा सेवा सुरु गरेको र त्यस बेलादेखि नै ग्राहकलाई आफ्नो सवारीको मूल्य निर्धारण गर्ने स्वतन्त्रता दिइरहेको उनले बताए ।

‘विस्तार, वृद्धि, सेवाग्राहीको सन्तुष्टि र सुरक्षालाई विशेष ध्यान दिएका कारण हाम्रो सेवा अब्बल बन्दै गएको छ,’ उनले भने ।

एर्मोसिनका अनुसार अहिले विश्वभर दुई अर्बभन्दा बढी राइड सम्पन्न भइसकेका छन् । इन्ड्राइभ यात्रुहरुद्वारा सञ्चालित कम्पनी हो, जसले विश्वमा मानव सहानुभूतिलाई प्रतिस्थापन गर्न सक्ने कुनै प्रविधि छैन भन्ने विश्वास गर्छ ।

इन्ड्राइभ संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप हो । यसका पाँच महादेशका ४८ देशका ७०० भन्दा बढी सहरमा १० करोडभन्दा धेरै प्रयोगकर्ता छन् ।


क्लिकमान्डु