वर्ल्डलिंकको योजनाः एक जनालाई रिफर गरे ६० दिन, तीन जनालाई गरे ९० दिन नि:शुल्क इन्टरनेट र टिभी



काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले ९० दिनसम्म नि:शुल्क इन्टरनेट र टिभी प्रयोग गर्न पाउने गरी रिफरल योजना ल्याएको छ ।

वर्ल्डलिंकले कुनै पनि ग्राहकले अन्य ग्राहकलाई वर्ल्डलिंकको सेवा जडान गर्न रिफर गरेमा र सो ग्राहकले जडान गरेमा दुवैलाई ३०-३० दिनसम्म नि:शुल्क इन्टरनेट र टिभी प्रयोग गर्न पाउने योजना ल्याएको हो ।

त्यस्तै, कुनै एक जना ग्राहकले अन्य तीन जनालाई रिफर गरेमा ९० दिनसम्म नि:शुल्क इन्टरनेट र टिभी प्रयोग गर्न पाउनेछन् ।

वर्ल्डलिंकको कुनै एक ग्राहकले अन्य तीन जनालाई सेवा रिफर गरेर उनीहरुले जडान गरेमा रिफर गर्ने व्यक्तिले एकमुष्ट ९० दिनसम्म र रिफरलमार्फत वर्ल्डलिंकको सेवा जडान गर्ने तीनै जनाले एक एक महिनासम्म नि:शुल्क इन्टरनेट र टिभीको सेवा पाउने वर्ल्डलिंकले जनाएको छ ।


रवि धिताल